
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-गभर्मेन्ट प्रोक्युरमेन्ट (e-GP) प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याई ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा लहानका ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोट ककनीका ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन् । पोखरेल ईन्कोन प्रा.लि.का शेयरधनी तथा लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रा.लि.का संचालक हुन् । प्रहरीले पोखरेललाई वैशाख १२ गते पेप्सिकोला र ढुंगानालाई वैशाख १३ गते बालाजुबाट नियन्त्रणमा लिएको हो ।
विभिन्न निर्माण ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै प्रणालीमा पसेर डकुमेन्ट परिवर्तन (हेरफेर) गर्ने गरेको उजुरीका आधारमा साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको थियो। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएकोमा अहिले यसलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता बारे पनि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।
यसअघि सरकारी बोलपत्र आह्वान गरिने ‘ई-बिडिङ’ (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व सहरी विकासमन्त्री विक्रम पाण्डेसँगै व्यवसायी टंककुमार श्रेष्ठ पनि पक्राउ परेका थिए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावहरू खोल्नुअगावै डकुमेन्ट परिवर्तन गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् भने श्रेष्ठ भिषण कन्स्ट्रक्सनका सञ्चालक हुन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)


















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google