काठमाडौं । भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।
उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।
पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।
उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)





















































































































































































































































1667912853.jpg)














































































































































































.jpeg)
























































.jpg)












































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google