काठमाडाैं । ग्लोबल आईएमई बैंकले एकैसाथ चारवटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ५ बूढानीलकण्ठ, काठमाडौंकै चन्द्रागिरी नगरपालिका– १३ दहचोक, चितवनको भरतपुर महानगरपालिका– ८ शरदपुर र तनहुँको आँबुखैरेनी गाउँपालिका– ३ आँबुखैरेनीमा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, यस बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google