
काठमाडाैँ । केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ । साेमबार राती अचानक आएको बाढीले रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुलसमेत बगाएको स्थानीयले बताएका छन् ।
रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ ।
भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । यसैबीच रसुवा प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google