काठमाडाैँ । वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनमा एनआईसी एशिया कमजोर देखिएको छ । यो बैंकको निक्षेप पछिल्लो १ वर्षमा मात्रै ४६ अर्ब ५४ करोडले घटेको छ ।
पछिल्लो एक वर्षकाे अवधिमा बैंकको कर्जा पनि ४४ अर्ब २० करोडले खुम्चिएको छ ।
एनआईसी एशियाको निक्षेप ३ खर्ब ४८ अर्बबाट ३ खर्ब २ अर्बमा तथा कर्जा २ खर्ब ८४ अर्बबाट २ खर्ब ३९ अर्बमा खुम्चिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google