ब्रोइलर कुखुरा मासुको मूल्य बढ्यो, अब कति ?

दर्पण दैनिक १४ फाल्गुन २०७९,१६:३७
post

काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाएको छ । कुखुराको माग बढे पनि उत्पादन घटेको जनाउँदै संघले शनिबारदेखि नयाँ मूल्य लागू गरेको हो । कोल्डस्टोर नयाँ मूल्य अनुसार प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण भएको संघका सचिव देव गिरीले बताए । ‘बर्डफ्लुका कारण धेरै कुखुरा नष्ट भएका छन् । किसानको उत्पादन घटेको बेला खपत भने घटेको देखिँदैन । बिहे/भोजभतेरले माग बढेकै छ,’ गिरीले भने, ‘माग बढेसँगै मूल्य पनि बढेको छ ।’ संघका अनुसार एक महिनायता मूल्य निरन्तर बढिरहेको छ ।

माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ तोकेको थियो । फागुन २ गतेदेखि फेरि मूल्य बढाएर २ सय ६० रुपैयाँ तोकियो । मूल्य बढेको ३ दिन नबित्दै संघले छ गते नै प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ७० पुर्‍याएको थियो । फागुन १३ गतेदेखि लागू नयाँ मूल्य प्रतिकिलो कोल्डस्टोर मूल्य २८० रुपैयाँ छ । ‘आर्थिक मन्दी, दानाको मूल्यवृद्धि लगायतका कारणले किसान मर्कामा छन्, लागत उठेको छैन,’ सचिव गिरीले भने, ‘उत्पादन र मागको हिसावले मूल्य थप बढ्न सक्छ ।’ कोल्डस्टोर मूल्य बढेपछि खुद्रा मूल्य पनि बढ्न जान्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९