काठमाडौँ । भुक्तानीको माग गर्दै दुग्ध किसान पनि सडकमा उत्रिएका छन् । अखिल नेपाल किसान महासंघको अगुवाइमा दूध किसानहरु समेत आन्दोलनमा उत्रिएका हुन् ।
दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनका क्रममा किसान र प्रहरीबीच घम्साघम्सी भएको छ । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डिडिसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका हुन् ।
प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङलगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहेको छ । यता उखुु किसानको आन्दोलन जारी छ । उखुु किसानले आफूहरुले पुरा अनुदान नभएको बताइरहेका छन् । आन्दोलनरत उखु किसानले आफूहरुको माग पुरा नभए राजमार्ग केन्द्रित आन्दोलन गर्दै यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google