काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनीको असार १ गते साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । मर्जर कमिटीले यसभन्दा अगाडि छनोट गरेका सञ्चालकमा सामान्य हेरफेर गरेको छ ।
सञ्चालक समितिमा साविक प्रभु लाइफको तर्फबाट शिक्षासहित सुशन भट्टचन र साविक महालक्ष्मी लाइफको तर्फबाट सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सर्वसाधारण शेयरधनीको तर्फबाट समितिमा शंकर गौतम र ज्योति शेरचन रहेका छन् । कम्पनीले अव स्वतन्त्र सञ्चालक मात्रै नियुक्त गर्न बाँकी रहेको छ । दुई कम्पनीले गत असार २९ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए ।