काठमाडौं । गैर आवासीय नेपाली संघ–राष्ट्रिय समन्वय परिषद कतारको २०२३ – २०२५ कार्यकालका लागि प्रथम उपाध्यक्ष पदमा कृष्ण पन्थीले उम्मेदवारी दिएका छन् । कतारमा रहेका सबै नेपालीहरूको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको भन्दै उनले उम्मेदवारी दिएका हुन् । नेपालको नवलपरासी बर्दघाटमा जन्मेका पन्थी वैदेशिक रोजगारको शिलशिलामा सन् २००४ मा कुवेत पुगेका थिए भने अहिले उनी सन् २०१४ देखि कतारमा कार्यरत छन्। एनआरएनए एनसीसी कतारको विभिन्न टास्क फोर्स अन्तर्गत श्रमिकको को यु पि ए संयोजक तथा मनोनित कार्यसमिति सदस्य रहेका छन् ।
पन्थीले एकता, समावेशीता एवं पारस्परिक सम्मानको भावना प्रवर्द्धन गरी सामुदायिक संलग्नता बढाउने प्रयास गर्ने बताए । उनले भने, ‘हाम्रो समुदायको हित प्रवर्द्धन सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता रहने छ साथै (शिक्षा व्यक्तिगत र सामुदायिक प्रगतिको कुञ्जी हो) भन्ने मूल मर्मलाई मनन गर्दै समुदायिक चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहने छु ।’
यस्ता छ, पन्थीले सार्वजनिक गरेको घोषणापत्रका मुख्य मुख्य वुंदाहरु
१ कतारमा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहने ।
२ हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकाश गर्ने ।
३ कतारमा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्ने साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्ने।
४ कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं अवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने।
५ कतारमा रहेका नेपाली श्रमिकहरुका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरि निरन्तर सेवामुलक कार्यक्रम संचालन गर्ने ।
६ कतार स्थित हाम्रो समुदायले सामना गर्नु परेका चुनौतीहरूलाई सम्बोधन गर्न कतारमा स्थापित विभिन्न संघ संस्थाहरू एवं सरोकारवालाहरु संग सहकार्य गर्ने।
७ नेपाली श्रमिकहरुको सीप र रोजगारी अभिवृद्धि गर्न कार्यशाला गोष्ठी, सेमिनार तथा व्यावसायिक तालिम कार्यक्रमहरू आयोजना गर्नेl
८ कतारमा नेपाली समुदायका लागि बलियो आवाजको रूपमा प्रस्तुत हुने र स्थानीय सरोकारवालाहरुका बीच सामुदायिक चासोको प्रतिनिधित्व गर्ने।
९ साझा समस्याहरू सम्बोधन गर्न र अन्तरसांस्कृतिक समझदारी बढाउन अन्य आप्रवासी समुदायहरूसँग सहकार्य गर्ने ।
१० कतार भित्र र विश्वव्यापी रूपमा रहेका अन्य नेपाली सामुदायिक संघ संस्थाहरूसँग सम्बन्ध सुदृढ बनाउन पहल गर्ने ।
११ कतारमा नेपाली सामुदायिक एवं सास्कृतिक केन्द्र स्थापना गर्ने दिशामा कार्य गर्ने ।
१२ सामुदायिक हित प्रवर्दनका लागि साझेदारी बढाउन स्थानीय व्यवसायहरू, प्रायोजकहरू साथै संघ संस्थाहरूसँग समन्वय गर्ने ।
१३ नेपाली आप्रवासी कामदारहरूको हक अधिकारका लागि सम्बन्धित क्षेत्रीय एवं अन्तर्राष्ट्रिय फोरमहरूमा सक्रिय रूपमा भाग लिने।
१४ हाम्रो समुदायको हितको प्रतिनिधित्व सुनिश्चित गर्न कतारमा रहेको नेपाली कुटनैतिक नियोगसँग घनिष्ठ सम्बन्ध स्थापित गरि निरन्तर सल्लाह र सुझाव लेनदेन गर्ने साथै नेपाली दुतावास कतारमा श्रमिक हेल्प डेस्क स्थापना गरि राहादानी नवीकरण प्रकृया एवं अन्य गुनासा एवं सुझाव संकलनमा दुतावास लाई सहयोग गर्ने l
१५ हाम्रो समुदायलाई असर गर्ने समस्याहरूलाई सम्बोधन गर्न कतार सरकार र सम्बन्धित सरोकारवालाहरूसँग रचनात्मक संवादमा संलग्न हुने।
गैरआवासीय नेपाली संघ कतारको प्रथम-उपाध्यक्षको हैसियतमा, म इमानदारीता, पारदर्शिता र यहाहरुको हित प्रबर्दन गर्नाका लागि वास्तविक प्रतिबद्धताका साथ हाम्रो समुदायको सेवा गर्न समर्पित छु। यहाहरु सबैको सहयोगले, म सकारात्मक परिवर्तन ल्याउन, हाम्रो समुदायको हित प्रबर्दन गर्न र कतारमा रहेका आम नेपालीजनहरुलाई एकताबद्ध गरि पारस्परिक सम्बन्धलाई अझै मजवुत एवं सुदृढ बनाउन अथक प्रयासरत रहने छु । सबै मिलेर समृद्ध भविष्य तथा एकताबद्ध नेपाली समाज निर्माणका लागि प्रयास गरौं।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)
































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google