काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ । मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ ।
यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा पोखरेल एआईजीमा बढुवा भएका थिए ।
गण्डकी प्रदेश र सुदूरपश्चिमका प्रहरी प्रमुख चैत ५ गते अवकास भएपछि रिक्त थियो भने लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र सीआईबीका डीआईजी चन्द्रकुवेर खापुङ एआईजीमा बढुवा भएका थिए ।
कर्णाली प्रदेशमा भने कसैलाई पनि खटाइएको छैन । त्यहाँ एसएसपीले नै लामो समयदेखि कमाण्ड गरिरहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google