राष्ट्र बैंककाे कारबाहीमा परे ४ विकास बैक र १ फाइनान्स

दर्पण दैनिक ९ जेष्ठ २०८०,०९:१२
post

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वित्तीय संस्थालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा चार विकास बैक र एक फाइनान्स कम्पनी रहेका छन् । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरेको हो । 

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको छ । कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कर्पोरेट,  नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ । यस्तै, अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई तेस्रो पटक कारबाही गरिएको छ ।

राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार, सालपा विकास बैंकलाई १ लाख १० हजार, नारायणीलाई दुई लाख ५१ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार  नगद जरिवाना गरेको हो । यस्तै, नारायणी बैंकलाई पहिलो पटक तीन हजार ९४८, दोस्रो पटक ६३ हजार ७८२ र तेस्रो पटक एक एक लाख आठ हजार ७७० जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९