लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

दर्पण दैनिक ८ फाल्गुन २०७९,१८:४५
post

काठमाडाैं  । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सोमवार भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिए । निर्माण उद्योगको सकारात्मक सहयोग विना काम गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए ।

‘मन्त्रालयको पुँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले ३ वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुनेगरी काम गनुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णयका बारेमा पहिल्यै भन्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने । 

मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने उल्लेख गर्दै उनले राज्य एवं निर्माण व्यवसायी मिलेर काम गर्नुपर्नेमा जोड दिए । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले आयोजना सम्झौताका बेला दस्तावेजमा हस्ताक्षर गर्ने तर काम नगर्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्यका लागि यस किसिमको छलफल आयोजना गरिएको बताए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९