वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरण : यी हुन् धेरै नाफा कमाउने १० बैंक

दर्पण दैनिक २१ श्रावण २०८१,११:४१
post

काठमाडौं । सबै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सोमवारसम्म सार्वजनिक गरिसकेका छन् । गत चौथो त्रैमाससम्म २० वाणिज्य बैंकको कुल नाफा भने ६४ अर्ब १५ करोड रूपैयाँभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष यस अवधिसम्म यो रकम ५६ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरूको खुद नाफा १३ दशमलव ४० प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्षको तुलनामा खुद नाफा बृद्धि गर्ने कम्पनीहरूमा पहिलो नम्बरमा प्रभु बैंक उभिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २८ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको प्रभु बैंकले गत वर्ष सोही अवधिसम्म ४ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष प्रभु बैंकको खुद नाफा १ हजार ४९९ प्रतिशत बृद्धि भएको देखिन्छ । प्रभु बैंकको खुद नाफा गत वर्ष सर्वाधिक बढ्नुमा खुद ब्याज आम्दानीमा बृद्धि हुनुका साथै इम्पेरमेन्ट चार्ज घट्नु रहेको छ । अघिल्लो वर्ष १० अर्ब ६ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको प्रभु बैंकले गत वर्ष १२ अर्ब २ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको छ । इम्पेरमेन्ट चार्ज रकम अघिल्लो वर्ष ५ अर्ब २१ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ५५ करोड ६८ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।

प्रभु बैंकसँगै कुमारी बैंकको ३४५ दशमलन ६७ प्रतिशत, प्राइम कमर्सियलको २६७ दशमलव १९ प्रतिशत, कृषि विकास बैंकको १७६ दशमलव २३ प्रतिशत, हिमालयन बैंकको ८१ दशमलव ६० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ दशमलव ७१ प्रतिशत, लक्ष्मी सन्राइज बैंकको ३२ दशमलव ७९ प्रतिशत, नबिल बैंकको १० दशमलव २३ प्रतिशत, एभरेष्ट बैंकको १० दशमलव शुन्य ७ प्रतिशत र नेपाल एसबिआई बैंकको २ दशमलव ३५ प्रतिशत खुद नाफा बढेको हो । गत वर्ष खुद नाफा सर्वाधिक घट्नेमा एनआईसी एशिया बैंक रहेको छ । 

अघिल्लो वर्ष ४ अर्ब ४४ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको एनआईसी एशिया बैंकले गत वर्ष १ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्ष एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफामा उल्लेख्य कमि आएको हो । कम्पनीको वित्तीय विवरणलाई हेर्दा अघिल्लो वर्ष १२ अर्ब २५ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको यो बैंकले गत वर्ष १० अर्ब ६१ करोड रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।

इम्पेरमेन्ट चार्ज अघिल्लो वर्ष ७२ करोड १९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष २ अर्ब ८४ करोड रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष एनआईसी एशिया बैंकसँगै नेपाल बैंकको ५१ दशमलव ८० प्रतिशत, सिटिजन्स बैंकको २७ दशमलव ९७ प्रतिशत, एनएमबि बैंकको २७ दशमलव ४९ प्रतिशत, माछापुच्छ्रे बैंकको २३ दशमलव शून्य ९ प्रतिशत, ग्लोबल आइएमई बैंकको १० दशमलव १३ प्रतिशत आम्दानी गरेको हो ।

सानिमा बैंकको ८ दशमलव ५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ४८ प्रतिशत, सिद्धार्थ बैंकको ४ दशमलव ७८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ दशमलव ५१ प्रतिशत खुद नाफा घटेको तथ्याङ्क छ । खुद नाफा घटबढको प्रमुख कारण इम्पेरमेन्ट चार्ज र खुद ब्याज आम्दानी रहेको देखिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: