कैलालीमा बन्चरो प्रहार गरी छोराले गरे आमाको हत्या

दर्पण दैनिक १७ माघ २०७९,११:४६
post

कैलाली । कैलालीमा बन्चरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका ६ का ४० वर्षीया श्रीराम थारुले आफ्नी आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् । उनले सोमबार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई वृद्धभत्ताकाे रकम नदिएको भन्दै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढीको नवजीवन अस्पतालमा लगिएकोमा उपचार कै क्रममा उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लम्कीले जंगलमा लुकिरहेको अवस्थामा मंगलबार बिहान श्रीरामलाई पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: