ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने गिरोह पक्राउ

दर्पण दैनिक १२ कार्तिक २०८०,१७:३८
post

काठमाडौं । आफूलाई ईसेवाको कर्मचारी बताएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर १५ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नं. ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा, २० वर्षीय अभय कुमार यादव र रौतहटकै गढिमाई नगरपालिका वडा नं. ६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

 

 

प्रहरीका अनुसार उनीहरूले पीडितलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरेर आफू ईसेवाको आधिकारिक कर्मचारी बताउँथे । त्यसपछि ईसेवा आईडी बैंक खातासँग लिङ्क गर्न तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट गर्न, स्टेटमेन्ट भेरिफाई, सुरक्षिक कारोबार शुल्क नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराउने आश्वासन दिएर पीडितहरूबाट ओटीपी कोड माग्थे । त्यसपछि ईसेवाका सेवाग्राहीहरूकै वालेट आईडी तथा लिङ्क अप गरिएका बैंक खातामा समेत अनाधिकृत पहुँच बनाएर खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर गर्थे ।

 

त्यसरी उनीहरूले १८ जना पीडितलाई १५ लाख २० हजार ९०० रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: