
काठमाडौं । नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७९–०८० मा टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार नाफा गरेकोमा गत आवमा भने १६ प्रतिशतले घटेर ७ अर्ब ६१ करोड ७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ ।
टेलिकमको नाफा घटेपनि प्रतिशेयर नेटवर्थ भने बढेको छ । आव ०७९–८० मा टेलिकमको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेकोमा चालु आर्थिक वर्ष मा ४.१६ प्रतिशतले बढेर ५२५ रुपैयाँ ४३ पैसा पुगेको छ ।
टेलिकमको आम्दानी घटेकाले खुद नाफामा समेत असर गरेको देखिएको छ । टेलिकमले ०७९–८० मा जम्मा आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ गरेको थियो भने गत आवमा ६.३२ प्रतिशतले घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
आम्दानी र खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ रहेकोमा गत आवमा भने ७.२४ रुपैयाँले घटेर ३६ रुपैयाँ ७७ पैसा मात्र रहेको छ ।
जगेडा कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)


















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google