भोलि जेठ १५ को प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन एआईजी तामाङकाे निर्देशन

दर्पण दैनिक १५ जेष्ठ २०८२,१२:२०
post

काठमाडौँ । भाेलि जेठ १५  (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिएका हुन् ।  नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख पनि सहभागी थिए । 

यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी थिए ।  कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन् । 

साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई भनेका छन् । यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो । 

प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जुन घटनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ ।  त्यसको दुई महिनापछि काठमाडौँमा एकसाथ राजावादी पार्टी र समूह तथा गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्ने भएका छन् । यसअघि जस्तै प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा तयारी बारे छलफल गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पनि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ । दुई समूहको कार्यक्रम कहाँ हुने भन्ने अझै निश्चित भइसकेको छैन । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: