भिभो भी ४० लाइट नेपाली बजारमा, मूल्य कति ?

दर्पण दैनिक २ कार्तिक २०८१,१५:५०
post

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । भिभाे भी ४० भी सिरिजको पछिल्लो संस्करण हाे ।


दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रीन) मा उपलब्ध भिभाे भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ ।

फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ ।

भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फाेनकाे ब्याट्री लाइफ ४ वर्षकाे रहेकाे कम्पनीले जनाएकाे छ ।

यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ ।

भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेकाे बताए ।

डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्र्याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएकाे छ ।

फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएकाे छ ।

फाेनमा ८ +८ जीबीको विस्तारित र्‍याम र २५६ जीबी स्टोरेज क्षमता रहेको छ ।

आगामी कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फाेनकाे अग्रिम बुकिङ गर्न सकिनेछ । साथै देशभरका मुख्य रिटेल स्टोरमा पनि फाेन उपलब्ध हुनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: