चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा

दर्पण दैनिक ३ माघ २०८०,०९:१२
post

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र चोभारमा रहेको मन्जुश्री पार्कमा जीपलाईन सेवा सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० देखि १५ मिनेट लाग्छ ।

जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई  ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई  ‘द फन’ नामाकरण गरिएको छ । जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । 

टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । तीन चरणको जिपलाइनको खेल्ने र फोटो भिडियो सहितको प्याकेजको प्रतिव्यक्ति शुल्क  १५ सय रुपैयाँ  रहेको छ । टेण्डम ९जोडी० जिपलाइनको मज्जा २ हजार रुपैयाँमै लिन सकिन्छ । भने विद्यार्थीहरूलाई९परिचय पत्र सहित० १० प्रतिशत र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने तयारीमा रहेको सञ्चालक समिति का प्रदिप चौलागाईँले जानकारी दिएका छन् ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: