काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।
शेरबहादुर देउवा मन्त्रिपरिषद्ले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google