सञ्चालनमा आउदै नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार

दर्पण दैनिक ९ श्रावण २०८३,१९:२८
post

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा हो।

नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन्। यस प्रक्रियामा वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता पनि रहने गरेको छ। चाइनाबजार यही अन्तरलाई हटाउने उद्देश्यका साथ स्थापना गरिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन्।

उनका अनुसार चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर रहने छैन। कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउँछ।

स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ। आपूर्ति प्रणालीमा उतारचढाव आउने बजारमा समेत यस मोडेलले स्थिर सेवा दिन सक्ने कम्पनीको विश्वास छ।

एन्जोय योर संिपग’ नारासहित सञ्चालनमा आउन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली (लाइफस्टाइल) सम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउनेछ। आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने कम्पनीले जनाएको छ।

ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, कम्पनीको आफ्नै गोदाम तथा वितरण प्रणालीका कारण आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा प्रदान गरिने बताइएको छ।

“नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप सुदृढ बन्दै गएको छ,” सीईओ श्रेष्ठले भनिन् । “चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको छ। आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो वितरण सञ्जाल विस्तार गर्ने योजना छ।”

चाइनाबजार डट कम साउन १३ गतेदेखि ई–कमर्स प्लेटफर्म डब्लु डब्लु डब्लु चाइनाबजार डट कम (www.chynabazar.com) मार्फत औपचारिक रूपमा सञ्चालनमा आउनेछ।


चाइनाबजार बारे

चाइनाबजार डट कम नेपालमा आधारित ई–कमर्स प्लेटफर्म हो। यसले चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्य राखेको छ। प्रत्यक्ष स्रोत व्यवस्थापन, आयात, भण्डारण तथा वितरणलाई एकीकृत गर्ने यसको व्यवसायिक मोडेलले उपभोक्तालाई पारदर्शी मूल्य र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। ‘इन्जोय योर सपिंग’ यसको ब्रान्ड नारासमेत हो। यस प्लेटफर्ममा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध हुनेछन्।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: