काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान अवरुद्ध हुने भएको छ । यस अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ कुनै पनि उडान तथा अवतरण हुने छैन ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्नुपर्ने भएकाले उडान अवरुद्ध हुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।
विमानस्थलले सो समयमा उडान गर्ने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ ।