
काठमाडौं । दरबार हत्याकाण्ड भएको जेठ १९ गते (भोलि) २३ वर्ष पुग्दैछ । २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र तत्कालीन राजा बीरेन्द्रको वंश विनास भएको थियो। दरवारभित्र निधन भएका राजपरिवारहरूको सम्झनामा पूर्व युराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रष्टले दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको गर्ने भएको छ। हिमानी ट्रष्टले जारी गरेको सूचनामा दीप प्रज्वलनमा कोको सहभागी हुने भन्ने उल्लेख गरिएको छैन ।
दुई दिनअघि जारी गरिएको सूचनामा भनिएको छ, ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहलगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चीरशान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’ श्री चतुव्र्युह नारायण धाम परिसरमा बेलुका ६ः३० मा दीप प्रज्वलन गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google