काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत सहितको नयाँ २० रुपैयाँको नोट असोज १९ गते शुक्रवारदेखि चल्तीमा आएको छ। राष्ट्र बैङ्कले साबिककै आकार तथा रङमा सङ्केत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्म गरी २० करोड बराबरको २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो ।
उक्त नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यसै गरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ''२०७९'' लेखिएको छ । साथै हिन्दु नेपालीको चार्ड वडा दसैँ नजिकिएसँगै सरकारले यस वर्षको दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो।
नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नरेश शाक्यले बताएका छन्। नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैङ्कबाट नयाँ नोट लिन सक्ने उनको भनाइ छ । नोट साट्ने बैङ्क तथा वित्तीय संस्थालाई भने कस्तो व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको शाक्यले बताएका छन् । सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरिने शाक्यको भनाइ छ ।
त्यस्तै, यो वर्ष पनि सधैँ झैँ एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नै नयाँ नोट साट्ने व्यवस्था गरिने शाक्यको भनाइ छ । पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले नै प्रतिव्यक्ति उपलब्ध गराइने राष्ट्र बैङ्कको भनाइ रहेको छ ।
नयाँ नोट कहिलेदेखि सटही गर्ने भन्ने विषयमा भने राष्ट्र बैङ्क अहिले आन्तरिक छलफलमा जुटेको भनाई छ । गत वर्ष राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भदौ २६ गतेदेखि र सर्वसाधारणलाई भदौ २९ गतेदेखि नयाँ नोट सटही गरेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google