काठमाडौं । स्टक डिलरसहित १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र प्रदान गरिएको छ । नेपाल धितोपत्र बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले एउट स्टक डिलरसहित १६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्सको लागि आशयपत्र दिने निर्णय गरेको हो ।
स्टक डिलरको नबिल र ब्रोकरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि मेगा स्टक मार्केटले आशयपत्र अर्थात् एलओआई प्रदान गर्ने निर्णय बोर्डले गरेको हो । बाँकी १४ वटाले भने सीमित कार्य गर्नका लागि ब्रोकर लाइसेन्स पाएका छन् ।
कुन-कुन कम्पनीले पाए आशयपत्र ?
१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी
२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल