भिभो वाई२७एस नेपालमा सार्वजनिक, यस्ताे छ मूल्य तथा विशेषता

दर्पण दैनिक २४ मंसिर २०८०,१३:२८
post

काठमाडौं । भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको र यसले समग्र स्मार्टफोन अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीले दाबी गरेको छ ।

अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई२७एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक #vivoCoolAmbassador  अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्नेछ ।  


वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ । यसबाहेक, ८ जीबी + ८ जीबी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीबी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । 


'भिभोको वाई सिरिजले उपभोक्ताको आवश्यकताहरू पूरा गर्न अथक प्राविधिक आविष्कारहरु गर्दै आइरहेको छ । यो नयाँ स्मार्टफोनले  सुन्दर क्षणहरू सहजै कैद गरेर अतुलनीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । पर्फमेन्श वृद्धि गर्न प्रतिबद्ध, भिभोले प्रयोगकर्ताहरूको निरन्तर विकासशील आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ र यसका लागि अत्याधुनिक प्रविधिमा केन्द्रित रहेको छ । अझै उत्साह थप्दै, हामीले प्राविधिक उत्कृष्टता रोज्ने र आफ्नो रचनाहरु मार्फत आफुलाई अभिव्यक्ति गर्न रुचाउने हाम्रो प्रशंसकहरूका लागि #vivoCoolAmbassador  अभियान ल्याएका छौं,’ भिभो नेपालका जनरल म्यानेजर माईकलले भने । 


स्लिक कर्भ र जीवन्त रंगहरू–बरगन्डी ब्ल्याक र डाइमण्ड टेक्सचर भएको गार्डेन ग्रीनमा उपलब्ध यस फोनले सबैको ध्यान तान्छ । यसको २.५डी फ्ल्याट फ्रेम र अल्ट्रा स्लिम डिजाइनले दुवै कार्यक्षमता तथा एस्थेटिक अपील सुनिश्चित गर्दछ । सहज र सुरक्षित पहुँचको लागि डिजाइन गरिएको यस फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सुविधा रहेको छ ।


वाई२७एसमा ५० एमपी एचडी मेन क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी एचडी फ्रन्ट क्यामेरा लगायतका अत्याधुनिक सुविधाहरू समावेश छन् जसले अतुलनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ । यसको साथै फोनमा स्टाइलिश पोट्र्रेट, बोकेह फ्लेयर पोट्र्रेट र डबल एक्सपोजर विशेषताहरू छन् । यो फोनको क्यामेराले सबै अपेक्षाहरू पार गर्दै, एक बेजोड फोटोग्राफी अनुभव प्रदान गर्दछ ।


#vivoCoolAmbassador  अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गर्दछ । सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् ।


यस बाहेक, वाई२७एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले निःशुल्क इयरबडहरू प्राप्त गर्नेछन् । यो अभियान ११ डिसेम्बर २०२३ देखि  शुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ । वाई२७एस ले उत्कृष्टताको प्रतीक झल्काउँदै प्रयोगकर्ताहरूलाई अनुपम अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट कार्यक्षमता लगायत निर्बाध कार्यसम्पादन र स्लिक डिजाइन प्रदान गर्दछ । यो स्मार्टफोन उपभोक्ताहरूका लागि रु २४,९९९ को मूल्यमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: