
काठमाडौं । भारतको उत्तराखण्डस्थित बनबासानजिकैको बजार खटिमास्थित चकरपुरमा कारले स्कुटरलाई ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै एकै परिवारका हुन् । शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो । उनीहरू नेपालमा पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google