मलेसिया पठाईदिन्छु भनी ठगी गरेको आरोपमा २७ वर्षिय युवती पक्राउ

दर्पण दैनिक २५ भाद्र २०८०,१८:०६
post

काठमाडौं । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने युवती पक्राउ परेकी छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तुलसा वाग्ले अधिकारीलाई काठमाडौंको टोखा नगरपालिका १० बाट पक्राउ गरेको हो । 

नुवाकोट सुर्यगढी गाउँपालिका २ स्थाई घर भई हाल काठमाडौं टोखा १० बस्ने वर्ष २७ की तुलसा वाग्ले अधिकारीले खिमलाल बुढा मगर समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भई ठगी गरेको गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वैदेशिक रोजगार विभागबाट उनलाई  पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएपछि वाग्लेलाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: