
काठमाडौं । झण्डै तीन वर्षदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम मंगलबारदेखि निगम ऋणमुक्त बनेको हो ।
रुस र युक्रेनको युद्धले कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो । त्यसपश्चात् आईओसीसँग इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो ।
वाणिज्य बैंकलाई १०.६ प्रतिशतको दरले ब्याज बुझाउने सम्झौता थियो । त्यस्तै, सरकारले भने ५ प्रतिशतको दरले ब्याज बुझाउँदै आएको थियो । अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ ।
यसअघि ६ अर्ब ३० करोड रुपैयाँ तिरेको निगमले बाँकी ७० करोड रुपैयाँ तिरेसँगै ऋण मुक्त भएको आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए।
सरकारलाई तिनुपर्ने सबै ऋण तिरेर ऋण मुक्त भएको बताएका थानीले अब उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य निर्धारण गर्नेसमेत बताएका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google