वायु गुणस्तर व्यवस्थापनकाे लागि विश्व बैंकले सवा ५ करोड डलर दिने

दर्पण दैनिक २७ फाल्गुन २०८२,११:३९
post

वाशिङ्टन । उद्योगहरूबाट हुने वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ पार्न नेपालको स्वच्छ वायु र समृद्धि आयोजनालाई विश्व बैंकको सहयोग गर्ने भएकाे छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले वायु प्रदूषण कम गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ बनाउन नेपाल स्वच्छ वायु र समृद्धि आयोजनाका लागि ५ करोड २० लाख डलरको ऋण स्वीकृत गरेको हाे ।

यस आयोजनाले विशेष गरी औद्योगिक र व्यावसायिक बोयलर तथा भट्टीहरूबाट निस्कने सूक्ष्म कणहरू (पिएम२.५) को उत्सर्जन कम गर्न र वायु गुणस्तर व्यवस्थापनका लागि राष्ट्रिय प्रणालीहरूलाई सुदृढ बनाउन सहयोग गर्नेछ । आयोजनाले विशेष गरी काठमाडौं उपत्यका, तराई र वरपरका पहाडी क्षेत्रहरूलाई केन्द्रित गर्नेछ, जहाँ वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ ।

'वायु प्रदूषण नेपालमा जनस्वास्थ्यको संकट मात्र नभई एक ठूलो आर्थिक भार पनि हो । स्वास्थ्य उपचार खर्च र श्रम उत्पादकत्वमा हुने ह्रासका कारण देशले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी गुमाउनु परेको छ,' माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विभाग निर्देशक डेभिड सिसलेनले भने । 

यस आयोजनाको उद्देश्य नेपाली उद्योगहरूलाई स्वच्छ र अधिक कुशल प्रविधिहरू अपनाउन सहयोग गरी लाखौं मानिसहरूलाई हानिकारक प्रदूषणबाट जोगाउनु रहेकाे उनले सुनाए । जसले सञ्चालन लागत घटाउन, प्रतिस्पर्धात्मकता सुधार्न र दिगो औद्योगिक वृद्धिलाई सहयोग पुर्‍याउनेछ ।

देश औद्योगिककरणतर्फ अघि बढ्दै जाँदा आगामी वर्षहरूमा औद्योगिक उत्सर्जन वायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्ने प्रक्षेपण गरिएको छ, जसले गर्दा स्वच्छ उत्पादन प्रविधिको आवश्यकता झनै टड्कारो भएको छ । स्वच्छ प्रविधि वित्तपोषण, प्रोत्साहन र प्राविधिक सहयोगको माध्यमबाट यस आयोजनाले करिब ४०० औद्योगिक र व्यावसायिक प्रतिष्ठानहरूलाई विद्युतीय बोयलर/भट्टी, आधुनिक बायोमास बोयलर/भट्टी, वा उन्नत उत्सर्जन नियन्त्रण प्रविधिहरू अपनाउन सहयोग गर्नेछ, जसले वायुको गुणस्तरमा उल्लेख्य सुधार ल्याउनेछ ।

'उच्च प्रारम्भिक लगानी लागत, दीर्घकालीन वित्तपोषणमा सीमित पहुँच र उद्योगहरूको कम प्राविधिक क्षमताका कारण नेपालमा स्वच्छ प्रविधि अपनाउने दर न्यून छ,' दक्षिण एशिया क्षेत्रका लागि विश्व बैंकका वरिष्ठ वातावरणीय अर्थशास्त्री मार्टिन हेगरले भने, 'यस आयोजनाले लामो अवधिको वित्तपोषण र लक्षित पूँजीगत प्रोत्साहनका साथै प्रत्यक्ष प्राविधिक सहयोग प्रदान गरेर यी अवरोधहरूलाई सम्बोधन गर्नेछ, जसले उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ जान मद्दत पुर्‍याउनेछ ।'


यो आयोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले कार्यान्वयन गर्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले स्वच्छ प्रविधि वित्तपोषण सुविधाका लागि ‘ह्यान्डलिङ बैंक’ को रूपमा कार्य गर्नेछ ।

विश्व बैंकको यस आयोजना वित्तपोषणमा विश्व बैंकको ‘रेजिलेन्ट एशिया प्रोग्राम’बाट ५० लाख डलरको अनुदान थप गरिएको छ—जसलाई युकेको परराष्ट्र, कमनवेल्थ र विकास कार्यालय  र स्विस विकास तथा सहयोग नियोगले आर्थिक सहयोग गरेका छन् । यो आयोजना विश्व बैंकको इन्डो-गन्जेटिक प्लेन्स र हिमालयन फुटहिल्स क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको एक हिस्सा हो, जुन क्षेत्र विश्वव्यापी रूपमा वायु प्रदूषणको हटस्पटको रूपमा चिनिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: