
धनगढी । बैतडीमा शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन् । चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पिपलकोट माध्यमिक विद्यालयमा शिक्षकका लागि तारा महताले परीक्षा दिएकी थिइन् । तर, पहिलो परीक्षामै उनी फेल भएकी थिइन् । परीक्षामा अनुत्तीर्ण भएपछि आक्रोशित बनेका महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको पीडित पक्षको आरोप छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google