
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ललितपुरको सातदोबाटो र भैंसेपाटीमा बिहीबारदेखि नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका थिए । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त हुने बताए ।
बैंकले हालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google