काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड २४औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे अहिले अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित बन्न सफल बनेको बैंकले जनाएको छ ।
२४ वर्ष प्रवेशको अवसरमा बैंकले २३ वर्षको दौरानमा अनवरत रुपमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति अनुगृहीत रहेको जनाएको छ ।
२४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले सबैप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै जाने बताए ।
आगामी दिनमा थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैंकको संस्थागत सुशासनको महत्व मनन गरी संस्थागत सुशासन कायम राख्ने उनको प्रतिबद्धता छ ।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आइरहेको बताए ।
माछापुच्छ्रे आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरूको चाहना तथा आवश्यकता बमोजिम नवीनतम्, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google