काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । बुधवार सम्पन्न साधारणा सभाले वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम ३ अर्ब २० करोडको २३.८० प्रतिशतले लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रतिशतका आधार हुन आउने छयहत्तर करोड सोह्र लाख रुपैयाँ बराबरको बोनश शेयर र बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम चार करोड चौरासी हजार दुई सय दश रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्य प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस)को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यस्तै, सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण पनि पातिर गरेको छ । आर्थिक बर्ष २०७९/८० को सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक स्नेहा शर्मालाई निर्वाचित गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google