काठमाडौं । वाणिज्य बैंकहरूले आउँदो कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो ।
बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । एउटा बैंकले भने ब्याजदर बढाएको छ । सानिमा बैंकको ब्याजदर सामान्य बढेको हो । नौं वटा बैंकको ब्याजदर सामान्य घटेको छ । बाँकीको स्थिर छ ।अहिले सबैभन्दा धेरै ब्याजदर एनआइसी एशिया बैंकले दिने भएको छ ।
बैंकले ६.९९ प्रतिशतसम्म ब्याज दिने भएको हो । कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन् । चाडपर्वको कारण कर्जा माग बढ्न सकेको छैन । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् ।
हेर्नुस् कसको व्याजदर कति ?
| बैंक | असोजको ब्याजदर | कात्तिकको ब्याजदर |
| कृषि विकास | ६.०७ | ५.७५ |
| राष्ट्रिय वाणिज्य | ६.०० | ५.८० |
| नेपाल एसबीआई | ६.०० | ६.०० |
| लक्ष्मी सनराइज | ६.५० | ६.०० |
| ग्लोबल आईएमई | ६.२५ | ६.२५ |
| कुमारी | ६.०१ | ६.०१ |
| प्राइम | ६.२५ | ६.०० |
| नेपाल | ५.९५ | ५.९५ |
| सानिमा | ५.९० | ६.१५ |
| सिटिजन्स | ६.४० | ५.७५ |
| नबिल | ६.७५ | ६.२५ |
| इन्भेस्टेमेन्ट मेगा | ६.५० | ६.५० |
| सिद्धार्थ | ६.५० | ६.०० |
| स्टान्डर्ड चार्टर्ड | ७.०० | ६.५० |
| माछापुच्छ्रे | ७.०० | ७.०० |
| प्रभु | ६.१० | ६.१० |
| एनएमबी | ६.५० | ६.५० |
| एनआईसी एसिया | ७.१८ | ६.९९ |
| हिमालयन | ७.०० | ६.२५ |
| एभरेष्ट | ६.०० | ६.०० |





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google