
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ असोजदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले मकर्जरपछि संसथापक र साधराण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम एफपीओ जारी गर्न लागेको कम्पनी उल्लेख गरेको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
एफपीओका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । अवधिभित्र माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ९ गतेसम्म थप हुनेछ ।
लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । यस्तै बढीमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google