काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य घटाएको छ । ग्यासको मूल्यप्रति सिलिन्डर १० रुपैयाँले घटाएर १७९० रुपैयाँ कायम गरिएको छ ।
आज राति १२ बजेबाट लागू हुने मूल्यअनुसार पट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने अन्य ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।
डिजलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । निगमले आजैबाट स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेको छ ।
भारतीय आयल कर्पोरेसनले १५ दिनमा नयाँ मूल्य पठाउँछ । अब सोही मूल्यअनुसार इन्धनको मूल्य समायोजन हुनेछ ।