
काठमाडौं । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तले पाएकी छिन् । बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई असोज १५ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उ
बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएको थियो । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन् । पन्त नेपाल बैंककै क्याडर हुन्। विसं. २०६१ सालमा उनी नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा प्रवेश गरेकी थिइन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google