जनजागृतीका ९५ विद्यार्थीलाई सन लाईफले बाँड्यो न्यानो स्वीटर

दर्पण दैनिक २५ पुष २०८०,२१:१६
post

ललितपुर । बाग्मती गाउँपालिका ५ इकुडोलमा अवस्थित श्री जनजागृती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाडोको न्यानो कपडा वितरण गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत लगनखेल शाखाको आयोजना र चापागाउँ उपशाखाको समन्वयमा विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो । 

चापागाउँ उपशाखा प्रमुख सन्तोष दहालले दक्षिण ललितपुरको भौगोलिक हिसाबले दुर्गम स्थानमा रहेको इकुडोलका विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिएका छन् । दहालले आफैँले कक्षा ४ देखि १० सम्म अध्ययन गरेको विद्यालयमा हाल आफैँ कार्यरत संस्थामार्फत सहयोग उपलब्ध गराएका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमालेको बाग्नती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ललितपुर शाखा कार्यालय प्रमुख भुवन केसी तथा अन्य प्रतिनिधि , बाग्मती गाउँपालिका ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज तिमल्सिना, पूर्व जनप्रतिनिधि तथा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थीको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रदेश सांसद मधुसूदन पौडेलले सामाजिक उत्तरदायित्त्व अन्तर्गत इन्स्योरेन्स कम्पनीले ग्रामीण भेगका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप आवश्यक सहयोग उपलब्ध गराउनका लागि आग्रह गरे । इकुडोलजस्तो गाउँका विद्यालयमा धेरै किसिमका समस्याहरु रहेको भन्दै पौडेलले आफूले पनि प्रदेश सांसदको हैसियतमा विद्यालयम आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक पुण्डरिक दंगालले न्यानो कपडा वितरण गरी विद्यालयलाई सहयोग गर्ने संस्था सनलाईफ प्रती धन्यवाद व्यक्त गरे । साथै उनले विद्यालयमा खेलकुद, छात्रावास, पुस्तकालय लगायत धेरै कुराको समस्या रहेकोले त्यसको समाधानका लागि प्रदेश सांसद लगायत सम्बन्धितको ध्यानाकर्षण गराए । सन नेपाल लाईफ लगनखेल शाखा प्रमुख भुवन केसीले न्यानो कपडा वितरण कार्यक्रमले ग्रामीण क्षेत्रमा बिमा सचेतनाको समेत काम गर्ने र यसले सन नेपाल लाईफको व्यवसाय प्रवर्धनमा पनि जोड पुग्ने विश्वास व्यक्त गरे । 

वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज तिमल्सिनाले न्यानो कपडाको माध्यमबाट विद्यालय संग सम्बन्ध जोडेकोमा संस्था र समन्वय गर्ने सबैलाई धन्यवाद दिए । विद्यालय र ग्रामीण क्षेत्रमा रहेका सबै किसिमका समस्याको हल गर्नका लागि पहल लिन उनले प्रदेश सांसदलाई आग्रह समेत गरे ।

सनलाईफ लगनखेल शाखाको आयोजनामा केही समयअघि उक्त विद्यालयमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: