काठमाडौं । बालेन्द्र साह मेयरमा विजयी भएपछि डोजरका कारण झन् चर्चामा आएको काठमाडौं महानगरपालिकामा फेरि अर्को काण्ड घटेको छ । यसअघि महानगरपालिकाले विभिन्न व्यक्तिहरुले अवैध तरिकाले बनाएका संरचनामा डोजर चलाएको भए पनि यस पटक भने सुकुम्बासीहरुले महानगरको संरचनामा डोजर चलाएका हुन् ।
महानगरका मेयर साहले सामाजिक सञ्जाल मार्फत सुकुम्बासीहरुले डोजर चलाएको जानकारी दिएका छन् । उनले काठमाडौंको मनोहरा आयोजनामा व्यक्तिको जग्गामा बसेका सुकुम्बासीहरुले खोलाको बाँधमाथि डोजर चलाइदिएको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्– 'यहाँ मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृततवरले बसिरहेका केहि व्यक्तिहरुले खोलाको बाँध (Retaining Wall) भत्काउन डोजर चलाएका छन् । तर राज्यको माथिल्लो तह निरिह भएर बसेको छ । गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौंको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ ।'
यसका साथै मेयर साहले महानगरपालिकाले डोजर मात्र चलाउँछ भन्ने गलत भाष्यले सार्वजनिक सम्पतिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको उल्लेख गरेका छन् ।
शाह थप लेख्छन्– 'सार्वजनिक सम्पतिमा रहेका अनाधिकृत संरचना हटाउनु नै बनाउनु हो । डोजरले भत्काएको मात्रै भन्ने गलत भाष्यले सार्वजनिक सम्पतिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको छ । यसैले काठमाडौँ महानगरलाई यतिकै बदनाम गरिदैछ ।'
















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google