
काठमाडाैं । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले आरआरआर (रेफर, रिदिम, रिपिट) नामक उत्कृष्ट अफर ल्याएको हो ।
यस योजनाअन्तर्गत सीजी नेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैँमा इन्टरनेट चलाउन पाउनेछन् । साथै, यस अफरअन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।
आरआरआर अफरअन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले योजना अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउनेछन् । यसका साथै ३ जनासम्म रिफर गर्नेले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ ।
सीजी नेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन्, 'हामी हाम्रा मूल्यवान् ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौँ र हाम्रा हितैषी ग्राहकहरूलाई उहाँहरूको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाका बारेमा प्रचार गरेकोमा पुरस्कृत गर्नुपर्छ भन्ने कुरामा हामी विश्वास राख्छौँ ।'
आरआरआर अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा सीजी नेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसिप बोर्ड लागू गरेको छ । यस अवधिभरमा सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्ने तीन जनामध्ये सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टीभी प्राप्त गर्नेछ र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टीभी प्रदान गरिनेछ ।





















































































.jpg)





















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)




































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google