काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा फ्लोरिकल्चरको विकास, विस्तार, र प्रवर्धनमा सरकारको तर्फबाट सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री लामाले यस्तो बताएका हुनर ।
मुख्यमन्त्री लामाले भने, ‘ यो भेट तथा छलफलले फ्लोरिकल्चर क्षेत्रको विकासमा सरकार र व्यवसायीहरू बीच सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास छ।’
फ्लोरिकल्चर एसोसिएसन नेपालको तर्फबाट अध्यक्ष दिलिप बादेले बागमती प्रदेशमा फ्लोरिकल्चर उद्योगको वर्तमान अवस्था, यसका सम्भावनाहरू, तथा व्यवसायीहरूले सामना गरिरहेका प्रमुख चुनौतीहरूको बारेमा विस्तृत जानकारी गराएका थिए । साथै उनले पुष्प क्षेत्रको विकास तथा उत्थानको लागि सबै तहका सरहकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
सो क्रममा फ्लोरिकल्चर क्षेत्रलाई अझ प्रभावकारी ढंगले विकास र प्रवर्धन गर्न आवश्यक सरकारी सहकार्य, व्यवसायीहरूको समस्या समाधान, र बागमती प्रदेशमा पुष्पकृषि उद्योगको विकासको लागि नीति–निर्माणमा ध्यान दिनुपर्ने विषयमा गहन छलफल भएको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google