इजरायलबाट थप १९ नेपालीको भारतीय विमानमार्फत उद्धार (नामसहित)

दर्पण दैनिक ३० आश्विन २०८०,१२:४१
post

काठमाडौं । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो । भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर पठाउने मन्त्री साउदले जानकारी दिए ।

उनीहरू मंगलबार बेलुका ६–७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने बताइएको छ ।
इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।


उद्धार गरिएका १९ नेपाली– 

नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: