
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जसमा अब डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १४७.५०, दोस्रोमा १४९ र तेस्रोमा १५० रुपैयाँ हुने निगमले जनाएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ । अन्य इन्धनको मूल्य भने यथावत राखिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google