काठमाडौं । बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो बाइक एभेन्जर २२० र एभेन्जर १६० मा आधारित छ । यसमा २२० सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ ।
सन् २०२० मा बन्द गरिए पनि कम्पनीले हाल यसलाई फेरि लन्च गरेको हो । बजाज एभेन्जर २२० स्ट्रिटमा एक्सटेन्सनको साथमा मस्कुलर फ्युल ट्यांक, स्प्लिट स्टाइल सिट, पिलर ग्र्याब रेल र अन्डरबेली एक्जस्ट सिस्टम जडान गरिएको छ । यसमा ठूलो विन्डस्क्रिन पनि छ । बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, गोलो हेलोजन हेडल्याम्प, एलईडी टेललाइट र अलोय ह्विल उपलब्ध छ । यसमा १२ लिटरको पेट्रोल ट्यांक पनि समावेश छ ।
सो बाइकमा बीएस६ फेज टु नर्म्स भएको २२० सीसीको इन्जिन दिएको छ । सो इन्जिनले १९ बीएचपी पावर र १७ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
यसको टप स्पिट १२० किमी प्रति घन्टा छ । यसको माइलेज ४० किमी प्रति लिटर छ । बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम जोडिएको छ । बजाजले आफ्नो नयाँ बाइकको मूल्य १ लाख ४२ हजार भारु तोकेको छ ।