वीउ वीजन, मल, विषादी, औजार र आधुनिक खेतीको जानकारी एकै ठाउँमा

काठमाडौं । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (मेला) हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प बिकास केन्द्रको सहआयोजना र कृषि पुर्वधार बिकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोगमा यसवर्ष पनि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ हुन लागेको १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेल खेल मैदान २०८० कार्तिक १४ गतेदेखि १८ गते सम्म पाँच दिन चल्ने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार मेलामा बिभिन्न नर्सरीहरुद्वारा उत्पादित गोदावरी फूलको (पट भेराईटी) इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाईडर र मिनियचर बिधामा प्रतियोगिता गराई प्रथम, दोस्रो र तेस्रो हुने नर्सरीलाई पुरस्कृत गरिने छ । साथै गोदावरी फूलको कट फ्लावर बिधामा समेत प्रतिस्पर्धा गराई उत्कृष्ट हुने गोदावरी फूलका कट फ्लावर उत्पादकलाई पुरस्कृत गरिने छ।
त्यस्तै, हरेक दिन मेला अवलोकनकर्ताहरु मध्ये लक्की ड्र मार्फत विजेता हुन सफल एक जनालाई आकर्षक पुरस्कार उपलब्ध गराइने बताइएको छ ।
विभिन्न नर्सरीहरुको उत्पादन सहित एकै थलोमा जमघट हुने, विभिन्न प्रकारका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री हुने, गोदावरी फूलको शौखिन, संकलन कर्ता र व्यवसायीहरुबिच गोदावरी फूलको विविधताबारे
सूचना आदान प्रदान हुने फ्लोरिकल्चर एशोसिएसन नेपालको दाबी छ ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने मेलामा पूष्प सम्बन्धी वीउ वीजन, मल, विषादी, औजार उपकरण तथा पुष्प व्यवसायको आधुनिक खेती प्रविधिबारे जानकारीसमेत दिइने बताइएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)




















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google