काठमाडाैं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीहरुलाई ड्रेस, परिचयपत्र र सवारी साधनको सफाई अभियान शुरु गरेको छ ।
मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गरेर साे अभियान शुरु गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाईको प्रतिबद्धता जनाएको छ । राजधानी काठमाडौंमा रहेका सबै सवारी साधनमा अव ड्रेस र सफाई अभियान सञ्चालन हुने भएको छ ।