सामसङ ग्यालेक्सी ए५७ फाइभ-जी र ए३७ फाइभ-जी स्मार्टफोन सार्वजनिक, यस्ताे छ मूल्यसूची

दर्पण दैनिक ४ बैशाख २०८३,१२:०२
post

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । ए–सिरिजअन्तर्गत ल्याइएका यी नयाँ मोडलले उन्नत क्यामेरा, स्मार्ट प्रविधि र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् ।

कम्पनीले प्रिमियम प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यसहित किस्ता सुविधालाई पनि विस्तार गर्दै २४ महिनासम्मको योजना उपलब्ध गराएको छ । जुन ‘सामसङ इन्स्टा फाइनान्स’सेवा अन्तर्गत ‘हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड’मार्फत सञ्चालनमा रहेको छ ।

मूल्य र भेरियन्टका हिसाबले ग्यालेक्सी ए५७ फाइभ–जी १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यसको मासिक किस्ता दुई हजार ५४२ कायम गरिएको छ । सोही मोडलको ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्ट ५४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । जसको मासिक किस्ता दुई हजार ३०६ पर्छ ।

ग्यालेक्सी ए३७ फाइभ–जी अन्तर्गत १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मोडल ४९ हजार ९९९ मा उपलब्ध छ । जसको मासिक किस्ता २ हजार १९७ तोकिएको छ । ८ जीबी र्‍याम र २५६ जीबी भेरियन्ट ३७ हजार ९९९ मा उपलब्ध हुँदा यसको मासिक किस्ता १ हजार ८५७ रहेको छ ।

८ जिबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडल ३४ हजार ९९९ मा पाइनेछ, जसको मासिक किस्ता १ हजार ५४४ कायम गरिएको छ । रङ विकल्पमा ए५७ फाइभ–जी असम नेभी, असम ग्रे र असम लिल्याकमा उपलब्ध छ । ए३७ फाइभ–जी असम ग्रे–ग्रीन, असम ल्याभेन्डर र असम चारकोलमा उपलब्ध छ ।

नयाँ ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ नामक स्मार्ट प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई अझ सहज डिजिटल अनुभव प्रदान गर्ने बताइएको छ । भ्वाइस ट्रान्सक्रिप्सनले कल तथा रेकर्डिङलाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो छनोट गरी एपहरूबीच सार्न मद्दत गर्छ । 

फोटो सम्पादनका लागि ‘अब्जेक्ट इरेजर’, ‘फिल्टर’ र ‘एडिट सुझाव’जस्ता सुविधा दिइएका छन् भने ग्यालेक्सी ए५७ फाइभ–जी मा ‘बेस्ट फेस’ र ‘अटो ट्रिम’जस्ता थप सुविधा पनि समावेश छन् ।
 
क्यामेरातर्फ दुवै स्मार्टफोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप राखिएको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र गुणस्तरीय फोटो खिच्न मद्दत गर्छ ।  ‘नाइटोग्राफी’ र उन्नत इमेज प्रोसेसिङ प्रविधिका कारण कम प्रकाशमा पनि राम्रो फोटो तथा भिडियो लिन सकिने कम्पनीको दाबी छ । 

प्रदर्शनका हिसाबले अपग्रेड गरिएको प्रोसेसरले मल्टिटास्किङ, भिडियो स्ट्रिमिङ र कन्टेन्ट निर्माणलाई सहज बनाउने बताइएको छ । पाँच हजार एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म प्रयोग गर्न सकिन्छ भने ग्यालेक्सी ए५७ फाइभ–जीमा ‘सुपर फास्ट चार्जिङ २.०’ सुविधा उपलब्ध छ । ठूलो भेपर चेम्बरका कारण लामो समयसम्म स्थिर प्रदर्शन कायम रहने दाबी गरिएको छ ।

सुरक्षातर्फ दुवै मोडल आईपी ६८ रेटिङसहित पानी र धुलो प्रतिरोधी छन् । कम्पनीले ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसले प्रयोगकर्तालाई दीर्घकालीन भरोसा दिने अपेक्षा गरिएको छ । समग्रमा, ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जीले किफायती मूल्यमा प्रिमियम सुविधा उपलब्ध गराउँदै नेपाली स्मार्टफोन बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने कम्पनीको दाबी छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: