मुख्यमन्त्रीसमक्ष ट्रक व्यवसायीले राखे यस्ता माग

दर्पण दैनिक १७ माघ २०७९,११:५३

भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरणलगायत समस्या समाधान गर्न मुख्यमन्त्रीसमक्ष व्यवसायीले राखे माग

post

रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरिले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । सोमबार नेपाल ट्रक यातायात व्यावसायी महासंघ लुम्बिनी प्रदेशका व्यवसायीसँगको भेटमा मुख्यमन्त्री गिरिले यस्तो बताएका हुन् । भेटमा व्यवसायीले मुख्यमन्त्री गिरिलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए ।

व्यवसायीले भारतीय ट्रकको निर्वाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँचपास र बिलबुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखेका थिए । मुख्यमन्त्री गिरिले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।

भेटमा लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डे, महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाट, वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल, उपाध्यक्षद्वय विष्णुप्रसाद न्यौपाने,  केन्द्रीय सदस्य प्रताप कार्की सहभागी थिए । यस्तै, राप्ती  संयुक्त ट्रक व्यवसायी समिति अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरिप्रसाद कँडेल, उपाध्यक्ष गणेश घिमिरे,  उपाध्यक्ष खगराज गौतम, महासंघका प्रदेश प्रेस सल्लाहकार सुमन अधिकारी, प्रदेश सचिव कमल केसीगायत उपस्थित थिए । महासंघ प्रतिनिधि मण्डलले  लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती र बिनाविभागीय मन्त्री चेतनारायण आचार्यलाई समेत भेटेको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९