काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत शुल्क नतिर्ने ग्राहकलाई तत्काल झुक्तानी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लोडसेडिङ हुने समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सेवा लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई तत्काल महसुल बक्यौता तिर्न आग्रह गरेको हो ।
महसुल बक्यौता १५ दिनभित्र नतिरे लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले डलोडसेडिङ अवधिमा २०७२ साउनदेखि २०७७ जेठसम्मको बक्यौता र जरिवाना गरी २० अर्ब असुल्न बाँकी छ ।
सम्बन्धित वितरण केन्द्रबाट बक्यौता महसुल बुझाउन पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म बक्यौता महसुल नबुझाएको प्राधिकरणले जनाएको छ ।